काठमाडौं महानगरपालिकाले सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकता दिने
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने नीति लिएको छ। महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात गर्दै केन्द्र र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ।…
