महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर वितरण
नेपालगञ्ज, जेठ १४- तेह्रौं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलेट बितरण गरिएको छ। एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा व्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका…

