Headlines

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर खुलाउने

NIC Asia Bank

 नेपालको प्रतिष्ठित वाणिज्य बैंकहरूमध्येको एक, एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

आगामी जेठ १८ गते सोमबार बस्ने सभाले शेयरधनीहरूका लागि ५० प्रतिशत (१:०.५ को अनुपात) हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा तय गरेको छ।

बैंकले दिएको जानकारी अनुसार साधारण सभा जेठ १८ गते सोमबार बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा शुरु हुनेछ।

साधारण सभामा बैंकको हालको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ४६१ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिनेछ। यो हकप्रद निष्कासन भएपछि बैंकको चुक्ता पुँजी र पूँजीगत आधार झन् बलियो हुने विश्वास गरिएको छ।

सभामा हकप्रद शेयरको विशेष प्रस्तावका साथै बैंकको आर्थिक वर्ष २०८१/८२ को संक्षिप्त वार्षिक आर्थिक विवरण, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका महत्त्वपूर्ण वित्तीय प्रतिवेदनहरूमाथि छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *