Headlines

सामसङ नेपालले विश्व कप सिजनका लागि सार्वजनिक गर्यो विशेष टीभी अफर

सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टीभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। यो अफरअन्तर्गत निश्चित सामसङ टीभी मोडेलहरूमा २५ प्रतिशत सम्म क्यासब्याक उपलब्ध हुनेछ। यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ। कम्पनीका अनुसार उत्कृष्ट इमर्सिभ अनुभवको लागि, ७५ इन्च वा ८५ इन्चको टीभी मोडेल खरिद गर्ने ग्राहकहरूले रु. ९,९९९ मा रु. ४९,९९० मूल्यको…

Read More

नबिल बैंकले सञ्चालनमा ल्याो नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटूपी रेमिट्यान्स सेवा

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन्। यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका  आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा…

Read More

नेपालको शेयर बजार: जेनजी आन्दोलनदेखि २०८३ जेठसम्मको समग्र अवस्था

भदौ २०८२ मा भएको जेनजी आन्दोलनदेखि जेठ २०८३ सम्म आइपुग्दा नेपाली सेयर बजारले उतारचढाव, अन्योल, निराशा र क्रमिक सुधारको मिश्रित यात्रा तय गरेको छ। आन्दोलनको समयमा देखिएको राजनीतिक तनाव, लगानीकर्ताको मनोविज्ञानमा परेको प्रभाव र बजारमा आएको गिरावटले नेपाली पुँजी बजारलाई केही समयका लागि गम्भीर दबाबमा पारेको थियो। तर त्यसपछिका महिनाहरूमा बजारले विस्तारै सुधारको संकेत देखाउँदै…

Read More

नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ: परिसंघ अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको बताएका हुन्। अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताए। ‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आएको…

Read More

पाँच वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं- अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्।  आज नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संबोधन गर्ने बताए। उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले…

Read More

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान…

Read More

फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको छ: राष्ट्र बैंकका प्रवक्ता पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्। उनले अहलेको असाधारण…

Read More

विद्युतमा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौं: वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन्। उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए। आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर…

Read More

सरकारद्वारा शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब, खेलकुदमा रु ४ अर्ब बजेट विनियोजन

काठमाडौं, १७ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्। सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न रु १…

Read More
गभर्नर पौडेल

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुने गभर्नर पौडेलको भनाई

काठमाडौं, जेठ १५ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताएका छन्। बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागको नेतृत्वमा सञ्चालन हुने बताए। उनका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा उल्लेख गरिएको…

Read More