Headlines

टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट नेपालमा, जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो मोनोटोन र एगोण्डा

टीभीएस रोनिन

जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोण्डा’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। जगदम्बा मोटर्सका अनुसार नयाँ मोडलले नेपालमा TVS को प्रिमियम मोटरसाइकल लाइनअपलाई थप विस्तार गर्नेछ।

टीभीएस रोनिन मोनोटोन ‘लाइटनिङ ब्ल्याक’ र ‘म्याग्मा रेड’ रंगमा उपलब्ध हुनेछ। यसको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ। त्यस्तै टीभीएस रोनिन एगोण्डा ‘पर्ल व्हाइट’ रंगमा उपलब्ध हुने र यसको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

एगोण्डा भेरियन्ट भारतको एगोण्डा बीचबाट प्रेरित डिजाइनमा तयार गरिएको हो। सेतो बेस, निलो–रातो रेट्रो स्ट्राइप र विशेष टीभीएस लोगोले यसको डिजाइनलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ।

नयाँ टीभीएस रोनिनमा २२५.९ सीसी इन्जिन रहेको छ। यसले २०.४ पीएस पावर र १९.९३ एनएम टर्क उत्पादन गर्छ। साथै ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), असिस्ट एण्ड क्लिपर क्लच तथा ४१ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स जस्ता फिचर समावेश छन्।

नेपालमा प्रिमियम तथा आधुनिक डिजाइनका मोटरसाइकलप्रति युवाको आकर्षण बढिरहेका बेला टीभीएस रोनिनका नयाँ भेरियन्टले बजारमा राम्रो प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *