हदबन्दी छुटको जग्गा बिक्री प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा, ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी
विशेष अदालतमा हदबन्दी छुट पाएको जग्गा बिक्री वितरण गरी सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। विशेष अदालतको प्रशासन शाखाले सार्वजनिक गरेको मुद्दा दर्तासम्बन्धी सूचनाअनुसार प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। मुद्दामा तत्कालीन प्रधानमन्त्री नेपालसँगै तत्कालीन संघीय मामिला, संविधानसभा,…
