अर्बन चक्रवातको प्रभाव: साँझदेखि ५–१० घण्टासम्म भारी वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्बन’ चक्रवातको प्रभाव नेपालमा समेत देखिन थालेको छ। यसको असरका कारण बिहीबार बेलुकादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार चक्रवातबाट बनेको बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट केही टाढा रहे पनि साँझसम्म नेपालनजिक पुग्ने अनुमान छ। उक्त प्रणालीको प्रभाव बढ्दै जाँदा…
