Headlines

अर्बन चक्रवातको प्रभाव: साँझदेखि ५–१० घण्टासम्म भारी वर्षाको सम्भावना

अर्बन चक्रवात Arnab Cyclone

बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्बन’ चक्रवातको प्रभाव नेपालमा समेत देखिन थालेको छ। यसको असरका कारण बिहीबार बेलुकादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार चक्रवातबाट बनेको बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट केही टाढा रहे पनि साँझसम्म नेपालनजिक पुग्ने अनुमान छ। उक्त प्रणालीको प्रभाव बढ्दै जाँदा देशका विभिन्न क्षेत्रमा करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताएका छन्।

वर्षा हुने समय, स्थान र तीव्रतामा परिवर्तन हुन सक्ने भएकाले विशेषगरी शुक्रबार साँझ र रातिको समयमा सतर्क रहन उनले आग्रह गरेका छन्। साथै, मौसमसम्बन्धी आधिकारिक सूचना र अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन पनि उनले सुझाव दिएका छन्।

यसअघि शुक्रबार बिहान जारी गरेको अपडेटमा पोखरेलले आगामी ३० घण्टा विशेष सावधानी अपनाउनुपर्ने बताएका थिए। उनले नदी तथा खोलानालाको तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र हिमाली तथा पहाडी क्षेत्रका बासिन्दालाई अझ बढी सचेत रहन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *