Headlines

३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिँदै, गोदावरी–९ का बासिन्दालाई रकम जम्मा गर्न आग्रह

ललितपुर, असार १८ – गोदावरी नगरपालिका–९ ले ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण कार्यक्रमअन्तर्गत इच्छुक स्थानीय बासिन्दालाई निर्धारित रकम जम्मा गर्न आग्रह गरेको छ। वडा कार्यालयले सोमबार सूचना जारी गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौं र वडा कार्यालयबीच भएको सम्झौताअनुसार ७० प्रतिशत अनुदान तथा ३० प्रतिशत लागत साझेदारीमा विद्युतीय चुलो वितरण गरिने जनाएको हो।…

Read More

सरकारद्वारा शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब, खेलकुदमा रु ४ अर्ब बजेट विनियोजन

काठमाडौं, १७ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्। सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न रु १…

Read More

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर वितरण

नेपालगञ्ज, जेठ १४- तेह्रौं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलेट बितरण गरिएको छ। एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा  व्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका…

Read More

इन्डोनेसिया पराजित, एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, जेठ २८ — नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले २०२६ एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा विजयी यात्रालाई निरन्तरता दिएको हो। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। यसअघि नेपालले…

Read More

परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा मित्र’ मोबाइल एपको शुभारम्भ

काठमाडौं, जेठ १२- परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा मित्र” को परराष्ट्र मन्त्री शिशिर खनालले आज कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले “मोफा…

Read More

देशभर इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने इरानी सरकारको निर्णय

इरानले देशभर इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको इरानी सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ। “इन्टरनेटलाई पहिलेको अवस्थामै फर्काउने आदेश केही मिनेटअघि राष्ट्रपतिबाट सञ्चार मन्त्रालयलाई पठाइएको छ,” मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलविरुद्ध युद्ध सुरु भएयता अधिकांश इरानी नागरिकले इन्टरनेट अवरोधको सामना गर्दै आएका थिए। इन्टरनेट…

Read More

नेपालमा सामाजिक सञ्जालमा फैलिएको अफवाहको चीनद्वारा खण्डन

काठमाडौंस्थित चिनियाँ दूतावासले “एक चिनियाँ नागरिकले नेपाली सञ्चारकर्मीहरूलाई घुस दिएर एक नेताविरुद्ध नकारात्मक समाचार लेखाउने प्रयास गरेको” भन्ने आरोपको खण्डन गरेको छ। दूतावासको फेसबुक अकाउन्टमा प्रश्नोत्तर शैलीमा स्पष्टीकरण दिँदै दूतावासका प्रवक्ताले त्यस्ता अफवाहहरू फैलिएको देख्दा चिनियाँ पक्ष स्तब्ध भएको जनाएका छन्। “चीनलाई नियतवश बदनाम गर्ने त्यस्ता कार्यहरूको हामी कडा निन्दा गर्छौँ,” उनले भनेका छन्। उक्त…

Read More

जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्छ: ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने…

Read More

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहने बताइएको छ। एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा…

Read More