Headlines

टाटाको विद्युतीय गाडीमा ‘७.७ डिल्स’ : हरेक खरिदमा थाइल्यान्ड भ्रमण, बम्परमा आईफोन १६

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष योजना सार्वजनिक गरेको छ । हिजाेदेखि आउँदाे साेमवार असार २३ गतेसम्म चल्ने यो योजनामा टाटाका विद्युतीय गाडी खरिद गर्दा आकर्षक उपहार तथा सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

पाँच दिने यस अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डका आफ्ना पुराना गाडीसँग टाटाका नयाँ विद्युतीय गाडी साट्न सक्नेछन् । यो अफर टाटाका लोकप्रिय विद्युतीय मोडलहरू टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार योजना अवधिभर गाडी खरिद गर्ने हरेक ग्राहकले एक जोडीका लागि थाइल्यान्ड भ्रमणको अवसर निःशुल्क पाउनेछन् । यसका साथै एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कार स्वरूप ‘आईफोन १६’ जित्ने मौका पाउनेछन् ।

गाडी खरिदमा थप सुविधा प्रदान गर्दै सिप्रदीले एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षको सवारी कर, आवश्यक एसेसोरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, चार्जिङ बक्स तथा जडान र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधाहरू पनि निःशुल्क उपलब्ध गराउनेछ ।

यो योजना खरिदकर्ताका लागि मात्र नभई शोरुम भ्रमण गर्ने ग्राहकका लागि पनि आकर्षक बनाइएको छ । देशभरका टाटा मोटर्सका शोरुममा गाडीको टेस्ट ड्राइभ, बुकिङ तथा मूल्याङ्कन गराउने ग्राहकले पनि आकर्षक उपहारहरू प्राप्त गर्नेछन् ।

सिप्रदी ट्रेडिङले विद्युतीय गाडीकाे यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ यो उपभोक्तामैत्री योजना ल्याएको बताएको छ । यो अफर सीमित अवधिका लागि मात्र भएकाले इच्छुक ग्राहकलाई समयमै नजिकको शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *