Headlines

न्यानो बिहानी ओख्रेनीमा

विहानीको घामले ओखेनीका कच्चि वाटो र पुराना घरहरु छोएसँगै गाँउलेहरुको दैनीकि सुरु हन्छ । त्यही सानो बस्तीमा लुकेका छन् सँर्घष, आत्मानीर्भर र समदायिक भाबनाका अनेक कथा । सहरको कोलाहालबाट टाढा सिन्धुपाल्चोक जिल्लको प्रसिद्ध ठाउँ ओखेनी आफ्नै गतिमा बगिरहेको छ । यहाँको शान्त वातावरण र जनजिवनले ग्रामिण नेपालको वास्तविक अनुहार देखाउँछ।
सिन्धुपाल्चोकको काखमा वसेको प्यारो ओख्रेनी जसले गाउँको क्षेत्रको वास्तविक अनुहार झल्काउने गर्दछ । कुहिरोले ढाकिएको डाँडाकाँडा, आँगनमा खेल्ने वालवालीका र आपसमा मायाँ साट्दै हिड्दै गरेका गाउँलेहरुको जिवनलाई व्याख्या गर्नका लागी मेरो यात्रा एका विहानै भयो । आफ्नो मनका दुख र पिडाको माहासंहारलाई पोख्नका लागी प्रकृतिले बनाईदिएको एउटा सुन्दर क्षेत्र ओख्रेनी ॥
विहान ७ वजे एक कप चियाको चुस्कीसँगै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा वाट हाम्रो यात्रा सुरु भएको हुन्छ । चौतारा वाट केहि पर माथितिर प्रस्थान गरेपछि हाम्रो यात्रा निरन्तर अघि बढिरहन्छ । जिल्लाको सदरमुकाम चौताराबाट पैदल यात्राका लागि लगभग ३-४ घन्टा लाग्न सक्छ । कुनै पनि सवारि साधनमा जानु भन्दा पैदल यात्रामा ओख्रेनी जानुको आनन्दनै छुट्टै रहेको छ । हिडाईको क्रममा देखिने त्यो हरियाली जङगलको मनोरम दृश्य हेर्दै हिड्नुका आनन्द नै छुट्टै रहेको छ । हिडाईको क्रममा जतिनै पिडा होस् तर त्यो ठाउँमा पुग्नको लागी भनेर जुन तड्पिएको मन छ त्यो मनको भावले गर्दा पनि शरिरमा थकान पनि मेटिएर जानेछ।

चौताराबाट हिढेको केहि समयपछि हाम्रो थकान भुलाउनको लागि चौताराको अर्को प्रशिद्ध ठाउँ बुद्धर्पाक हुँदै जिल्लको प्रशिद्ध मन्दिर गौरति भिमेश्वरको आगनमा रहेको एउटा चौतारिमा भयो । विहानि पखको न्यानो हावा खाएर मन्दिरको दर्शन गरेपश्चात हामी चिया खाएर त्यहीबाट पनि उकालो लाग्यौ । यात्राको क्रममा उकालो ओरालो केहीपनि नसोचि हामी उक्त ठाउँमा पुग्ने मनोसाथ बोकेर नै थकित मनको दवाईको रुपमा काम गरिरहेको थियो । जङगलको वाटोमा हिडेको यात्रा अक्सर रमाईलो नै हुने गर्दछ ।
यात्राको मान्छे र उनिहरुको कुरा
वाटोमा हिड्दै गरेकी एक वृद्ध आमासँग हाम्रो भेट भयो । उहाँले त्यस्तो सितमय समयमा पनि आफ्नो घरगोठमा पालेको वस्तुहरुको लागि घाँस काटेर ल्याउनु भएको देखेर मन छोयो । आमालाई सोध्दा उहाँले भन्नुभएको कुरा अझ मार्मीक छ- “यति काम गरेर कात्रै जिन्दगीमा खान नपुग्ने रहेछ बाबु, घाँस काटिसकेपछि मेरो नातिलाई स्कुलमा पठाउनको लागि खाना तयार गर्नुपर्ने हुन्छ ।” यहाँबाट प्रष्ट हुन्छ कि आमाले बच्चाको लागि जे पनि र जस्तोपनि संर्घस गर्न तयार हुन्छन् । त्यसैगरि अलि पर एकजना दाई गोरु चराउँदै हुनुहुन्थ्यो । उहाँलाई सोध्दा आफु एक्लो भएको र आफुले जिवन चलाउनको लागि अरुको घरमा साहारा लिनुपर्ने अवस्थामा रहेको कुरा उहाँले वताउनु भयो । यस्ता व्यक्तित्वहरुको लागि नेपाल सरकारले केहि रोजगारको व्यवस्था गरिदिने हो भने यस्ता देशका युवाहरु विदेश जानुपर्ने अवस्था आउने थिएन ।
झन्डै ८ वजेको समयपछि हामी त्याहाँबाट आफ्नो गन्तव्य तर्फ लाग्यौ हामीलाई त्याहा नपुगुन्जेल निकै नै उत्सुक्ता जागि रहेको थियो । हामी त्यो क्षणलाई देख्नका लागि आँखा अत्तालिएजस्तो महशुस भैरहेको थियो

र छ पनि । आफु र आफ्नो साथि आनन्दित हुँदै गरेको थकान पछिको अबस्थालाई नै खुसिको परिभाषा दिन सकिदैन भन्ने कुरा सोच्दै सोच्दै मेरो साथी र म धेरै समय हिडिसकेको अनुभुति नै भएन ।
ओख्रेनी अरुको मुखबाट सुन्दा नै एकदम आन्नद आउने र रमाईलो लाग्ने भएको थियो भने त्यो बेला झन हामि आफै नै गइरहेका थियौ । त्यहाको मनोरम दृश्य, त्यहाँको उचाइ र त्याहाबाट देखिने वरपरको नजरा निकै नै आनन्दमय छ । त्यो ठाउँको एउटा आफ्नै छुट्टै खालको आर्कशण पाउन सकिन्छ। उकालि र ओरालि गर्दै हाम्रो विहानीको यात्राको हामीले आदि बाटो तय गरिसकेका रहेछौ हामीलाई याद नै भएन । त्यात्रो लामो यात्रा हामीले कसरि यति छिटो पार गरियो भनेर हामी जिस्कदै फेरि निरन्तर अगाडि बडिरहै । लगभग ९ बज्न लागिसकेपछि हाम्रो उत्साहा र त्यो ठाउँ पुग्नको लागि आतुर भएको हाम्रो मन अझ धेरै फुरुङ्ग हुन लाग्यो ।
लगातारको हिडाइपछि हाम्रो यात्रा सहजातापुर्ण सफल भएको छ । यात्राको क्रममा जतिपनि मान्छेहरु सँग भेट भयो उनिहरुको कुराले जिन्दगिमा केहि न केहि कुरा सिक्न सकिन्छ । र उहाँहरुको कुराले मन अझ फुरङ्ग भएको छ । अरुको मुखबाट मात्र धेरै सुनेको त्यो ठाउँमा अनज आफै जान पाउँदा निकैनै खुसि लाग्ने रहेछ । त्यहाँ जब हामी पुग्छौ तब त्यहाँ पुगेपछिको त्यहाँको नजाराले हाम्रो मन साच्चै नै आनन्दित र आकर्षित गराएको अनुभुति भएको छ ।
कृषि पर्यटन र प्रबर्धनको लागि उपयुक्त मानिएको यो ठाउँलाई सारा सिन्धु बासिले जिल्ला भित्रका र बाहिरका पर्यटनहरुको आर्कषको क्षेत्र बनाएका छन् । आफैमा सुन्दरताले भरिएको यो ठाउँमा यो ठाउँका मानिसहरुले राम्रो आम्दानी गरिरहेको पनि देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *