बिहानी पहिलो किरणसरी…
तनहुँ जिल्लाको प्रसिद्ध पर्यटकीयस्थाल मानुङकोटबाट देखिएको सूर्योदयको मनमोहक दृश्य। तस्बिर: रेनुका नेपाली
तनहुँ जिल्लाको प्रसिद्ध पर्यटकीयस्थाल मानुङकोटबाट देखिएको सूर्योदयको मनमोहक दृश्य। तस्बिर: रेनुका नेपाली
केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । रोयटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ । वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत…
सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम,…
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित…
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले पहाडी…
प्रेस काउन्सिल नेपालले पछिल्लो समय अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत् पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा यस्ता केही प्रवृत्ति बढ्दो रूपमा देखिएको र त्यसबारे उजुरी तथा जनगुनासो समेत बढिरहेको जनाएको हो। काउन्सिलका अनुसार केही अनलाइन पोर्टल तथा सञ्चारकर्मीले समाचारको नाममा…
स्याटेलाइट सञ्चार कम्पनी स्टारलिङ्कले अमेरिकामा उपभोक्तामुखी मोबाइल सेवा सुरु गर्ने योजना बनाइरहेको चर्चा सार्वजनिक भएको छ। हालै सम्पन्न स्पेसएक्सको ठूलो आईपीओअघि सम्भावित लगानीकर्तालाई प्रस्तुत गरिएको जानकारीमा यसको स्याटेलाइट सहायक कम्पनी स्टारलिङ्क अमेरिकी मोबाइल बजारमा प्रवेश गर्न सक्ने सम्भावना उल्लेख गरिएको थियो। यो जानकारी प्राप्त गरेका केही व्यक्तिहरूले फाइनान्सियल टाइम्सलाई यसको जानकारी दिएका हुन्। यो योजनाले…
-Shriwatsa Acharya Godawari Municipality, located in Lalitpur, is a vibrant and diverse region. Despite being in close proximity to Kathmandu, the Ring Road, and major urban areas, its residents face considerable transportation challenges. The municipality’s blend of urban, semi-urban, and remote areas creates significant connectivity issues, impacting daily life and hindering equitable development. Transportation challenges…
काठमाडौँ, १८ असार : विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट हुने विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ ।…
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार देवीचन्द्र जोशीसमेतको जाहेरीले नेपाल सरकार प्रतिवादी रहेको बैंकिङ कसूर र चेक अनादरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार फरार रहेका ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो। साविक विष्णु…