देशभर इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने इरानी सरकारको निर्णय

इरानले देशभर इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको इरानी सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ।

“इन्टरनेटलाई पहिलेको अवस्थामै फर्काउने आदेश केही मिनेटअघि राष्ट्रपतिबाट सञ्चार मन्त्रालयलाई पठाइएको छ,” मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलविरुद्ध युद्ध सुरु भएयता अधिकांश इरानी नागरिकले इन्टरनेट अवरोधको सामना गर्दै आएका थिए। इन्टरनेट निगरानी गर्ने संस्था नेटब्लक्सका अनुसार यो अवरोध २ हजार घण्टाभन्दा बढी समयदेखि जारी थियो।

टेलिग्राफका अनुसार प्रतिबन्ध छल्न सक्ने महँगा र उन्नत भीपीएन प्रयोग गर्ने केही नागरिक मात्र इन्टरनेटमा जोडिन सफल भएका थिए। यदि इन्टरनेट सेवा पूर्ण रूपमा पुनःस्थापित भएमा इरानभित्र युद्धको प्रभावसम्बन्धी धेरै मिडिया सामग्री बाहिर साझा हुन सक्नेछ।

तर, इन्टरनेट बन्द हुनुअघि पनि धेरै वेबसाइटमाथि सेन्सरशिप लगाइएकाले विश्वव्यापी इन्टरनेट पहुँच निकै सीमित थियो र यस्तो प्रतिबन्ध जारी रहने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *