प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो।

इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक पर्ने योग्यता, कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *