भारतमा आयोजित समारोहमा भी–चित्रले पायो ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

V-Chitra

भी–चित्र प्रालिले १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ अन्तर्गत ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जितेको छ।

भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा अप्रिल ३० मा आयोजित अवार्ड समारोहमा भी–चित्रले जनसम्पर्क (पीआर) विधाअन्तर्गत विभिन्न स्वर्ण पुरस्कार जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको जनाएको छ।

एजेन्सीले टिकटकसँगको सहकार्यमा सञ्चालन गरेको ‘टिकटक फ्यामिली पेयरिङ’ अभियानमार्फत ‘बेस्ट इन्टिग्रेटेड पीआर एन्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार प्राप्त गरेको हो।

नेपालमा सन् २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरकिशोरीको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। अभियानमार्फत अभिभावकीय नियन्त्रण सुविधाबारे सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका सञ्चारमाध्यममार्फत जानकारी प्रवाह गरिएको थियो।

“टिकटक फ्यामिली पेयरिङ अभियानले सामाजिक सञ्जालमार्फत परिवारलाई सुरक्षित रूपमा जोड्ने प्रयास गरेको थियो,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भी–चित्रका अनुसार अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गरेको थियो। कम्पनीले यस अभियानले टिकटकलाई ‘चिन्ताको प्लेटफर्म’बाट ‘जिम्मेवार प्लेटफर्म’का रूपमा स्थापित गर्न सहयोग पुगेको दाबी गरेको छ।

यसैगरी, ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रममार्फत एजेन्सीले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको जनाएको छ। उक्त अभियान डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिमा केन्द्रित थियो।

ग्राण्ड प्रिक्सअन्तर्गतको समग्र प्रदर्शनका आधारमा भी–चित्रलाई ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि प्रदान गरिएको कम्पनीले जनाएको छ। यो पब्लिक रिलेसन्सतर्फको सबैभन्दा ठूलो सम्मान मानिन्छ।

“यो उपलब्धिले नेपाली एजेन्सीहरू क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

भी–चित्रका अनुसार कम्पनीअन्तर्गतको पीआर केन्द्रित सहायक संस्था ‘मिडियाम्यान’ले अभियानको सञ्चार रणनीति र मिडिया व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको थियो।

भी–चित्र प्रालि नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीमध्ये एक हो। कम्पनीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रियटिभ रणनीतिमा काम गर्दै आएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *