सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’

गुगल

सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ।

घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ मात्र होइन, समग्र सप्तरी जिल्लाकै गौरव बढाएको उहाँका छिमेकी उत्तम आचार्यले बताए। २०५८ सालमा जन्मेका सङ्ग्रौला बुबाआमासँग १३ वर्षको उमेरमा अमेरिका गएका थिए।

उनले उच्च शिक्षा अमेरिकाको टेक्सास विश्वविद्यालयमा कम्प्युटर साइन्स विषय अध्ययन गरे। गुगलमा इन्टनसिप गर्ने बेला उनले देखाएको कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता र कामप्रतिको समर्पणबाट प्रभावित हुँदै गुगलले उनलाई अध्ययन पूरा हुनासाथ पूर्णकालीन ‘सफ्टवेयर इन्जिनियर को जिम्मेवारी प्रदान गरेको हो।

उनले डिजिटल विज्ञापन प्रणालीमा प्रयोग हुने आधुनिक प्रविधि, डाटा व्यवस्थापन र प्रणाली विस्तार स्केलेबिलिटीसम्बन्धी महत्त्वपूर्ण परियोजनामा योगदान दिइरहेका छन्। गोरखापत्रसँग कुरा गर्दै उनले भने, “कलेजमा कोड लेख्न सिकाइन्छ तर करोडौँ मानिसले एकै पटक प्रयोग गर्ने प्रणालीलाई कसरी सुरक्षित, दिगो र प्रभावकारी बनाउने भन्ने कुरा वास्तविक कार्यक्षेत्रमै सिक्न पाइन्छ।”

गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *