कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक

Kajaria कजारिया

सेरामिक र भिट्रिफाइड टायल उद्योगको ब्रान्ड कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक बनेको छ । यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि भएको बताइएको छ । यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको छ ।

मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्य राखेको बताएको छ । यसले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने ब्रान्डको रूपमा स्थापित गर्न खोजेको बताइएको छ । यो सहकार्यले रचनात्मकता, महत्वाकांक्षा र रूपान्तरणलाई प्रतिबिम्बित गर्ने मञ्चहरूसँग हातेमालो गर्ने कजारियाको दृष्टिकोणलाई थप सबल बनाएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *