इन्डोनेसिया पराजित, एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, जेठ २८ — नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले २०२६ एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा विजयी यात्रालाई निरन्तरता दिएको हो।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराउँदै सुखद सुरुआत गरेको थियो।

लगातार दोस्रो जितसँगै नेपाल समूह ‘बी’ मा बलियो अवस्थामा पुगेको छ। एसियन गेम्समा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो जित थप महत्वपूर्ण बनेको छ। प्रतियोगिताबाट उत्कृष्ट टोलीहरू आगामी २०२६ एसियन गेम्समा छनोट हुनेछन्। आजको खेलमा ४३ बलमा अविजित ४२ रन जोड्न सफल नेपाली टोलीकी कप्तान इन्दु बर्मा प्लेयर अफ द म्याच घोषित भइन्।

नेपालले यस प्रतियोगितामा सुरुदेखि नै अनुशासित क्रिकेट प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा चीनमाथि प्रभावशाली जित निकालेको नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै समर्थकलाई उत्साहित बनाएको छ।

अब नेपालको ध्यान समूह चरणको बाँकी खेलतर्फ रहनेछ। लगातार दुई जितपछि नेपाली टोलीको सेमिफाइनलमा पुगेको छ भने एसियन गेम्समा स्थान बनाउने सम्भावना पनि बलियो देखिएको छ।

नेपाली महिला क्रिकेट टोलीको लगातारको उत्कृष्ट प्रदर्शनले पछिल्ला वर्षमा महिला क्रिकेटमा देखिएको प्रगतिलाई अझ बलियो बनाएको छ। नेपालको यो प्रदर्शनले एसियन गेम्स छनोटमा नयाँ आशा जगाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *