Headlines

globalnews

Kajaria कजारिया

कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक

सेरामिक र भिट्रिफाइड टायल उद्योगको ब्रान्ड कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक बनेको छ । यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि भएको बताइएको छ । यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको छ ।…

Read More

जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्छ: ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने…

Read More

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहने बताइएको छ। एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा…

Read More

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले…

Read More
शि-पुटिन

शि-पुटिन भेटले चीन र रुसबीचको सम्बन्धमा नयाँ रणनैतिक आयाम थप्ने अपेक्षा

जेठ ८, ग्लोबलन्यूज सम्वाददाता चिनियाँ राष्ट्रपति शि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार बेइजिङमा भएको उच्चस्तरीय भेटवार्ताले चीन–रुस सम्बन्धको आगामी चरणको रणनीतिक दिशा तय गरेको छ तथा विश्व शासन सुधारलाई सही दिशामा अघि बढाउने दुवै देशको प्रतिबद्धतालाई उजागर गरेको छ। तीन घण्टाभन्दा बढी समयसम्म चलेको विस्तृत, मैत्रीपूर्ण र फलदायी वार्ताले चीन–रुस सम्बन्धलाई दीर्घकालीन, सुदृढ,…

Read More

बैतडीमा प्राविधिक विद्यालय छ, विद्यार्थी छैनन्

बैतडीमा गाउँकै विद्यालयमा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्राविधिक धारतर्फका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नआउँदा ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा शिक्षा विभाग, सिटिइभिटी र विद्यालयको करोडौंको लगानी खेर जाने अवस्थामा छन्। बैतडीका १० वटा स्थानीय तहमा प्राविधिक विषयको पठनपाठन गर्ने अनुमति पाएका शिक्षा विभाग अन्तर्गत…

Read More
गुगल

सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’

सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ। घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ…

Read More
भेप

रसुवामा ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राऊ

रसुवामा ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाले विशेष सूचनाको आधारमा गोसाइँकुण्ड गाउँपालिका–१ दालफेमा गरिएको चेकजाँचका क्रममा १ हजार २ सय २८ थान भेप बरामद गरिएको जनाएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले शुक्रबार राति करिब ९ः३० बजे मम्माया तामाङको घरमा जाँच गर्दा…

Read More

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो। सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी…

Read More

गोदावरी नगरपालिका वडा नम्बर-९ को कार्यालय छम्पीमा शुक्रबार बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन हुँदै

ललितपुरको गोदावरी नगरपालिकाले वडा नम्बर-९ को कार्यालय, छम्पीमा जेठ ८ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म  कृषकहरूका लागि बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै बालीमा देखिएका रोग तथा किराको पहिचान र उपचारका लागि शिविर आयोजना गरिएको जनाएको हो। कार्यक्रमको आयोजना गोदावरी नगरपालिका, कृषि…

Read More