साइबर सुरक्षा र नवप्रवर्तनका लागि आर्यन श्रेष्ठ लाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’
प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० औँ दिक्षान्त समारोहमा बीएसआईटी तहमा अध्ययनपुरा गरेका विद्यार्थी आर्यन श्रेष्ठलाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’ प्रदान गरेको छ । प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार यो विद्यार्थीलाई प्रदान गरिने संस्थाको सबैभन्दा प्रतिष्ठित सम्मान हो । स्कुलले शैक्षिक उत्कृष्टता, नेतृत्व क्षमता, संस्थागत योगदान, सामुदायिक सेवा, सहकार्य र नवप्रवर्तनमा उल्लेखनीय भूमिका…
